सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । 

संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदै छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।