२६ पुसपछि मात्रै सरकारले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन। 

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिएका हुन । 

१० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन । 

२५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।