काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेको श्रीनगर यातायात समितिको ग १ ख ४९७७ नम्बरको बस राति १० बजेतिर धार्तिगैरा भन्ने स्थानमा पल्टिएको हो ।
६ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको उद्धारमा खटिएका प्रहरी निरिक्षक श्रीराम भट्टले जानकारी दिए।
भट्टका अनुसार मृतक सबै महिला हुन् तर उनीहरुको सनाखत भएको छैन । बसमा २१ जना सवार रहेको बताइएको छ।
दुर्घटनास्थल सत्यवती(सालझण्डी(सन्धिखर्क सडक अन्तर्गत पर्दछ ।
Comment