वामपन्थी पार्टीहरुसँग एकता लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि पहल गर्ने भएको छ । 

वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न एकीकृत समाजवादीले ४ सदस्यीय वार्ता समिति बनाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा गंगालाल तुलाधर र डा विजय पौडेल रहेको समिति गठन गरेको हो ।

नेकपा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिनुभएका वामपन्थी नेता घनश्याम भुसाल लगायतका नेताहरु एकीकृत समाजवादी प्रवेश गर्ने चर्चाकाबीच एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि पहल गर्ने निर्णय गरेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।