लुम्बिनीमा २७ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन  । 

लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन । 

प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ,

‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २७ पुस ०७९ बुधबार अपरान्ह ४ः ०० बजेभित्र प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न आह्ववान् गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि विज्ञप्ति प्रकाशन गरिएको छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।