इङ्लिस प्रिमियर लिगः नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हराएको हो । नटिङ्घमका लागि ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ।

पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । त्यस्तै गएराति भएका प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्ला र उल्भ्स्ले एक–एक गोल तथा लिड्स युनाइटेड र वेस्ट ह्यामले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।