संगठन बिस्तारलाई तीब्र बनाउँदै वितरक महासंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा । नेपाल वितरक महासंघले संगठन बिस्तार अभियानलाई तीव्र बनाएको छ ।

देशभरबाट वितरण व्यवसायमा संलग्न व्यवसायीहरुको नेतृत्व रहँदै आएको नेपाल वितरक महासंघमा पोखराका हरिराज पन्तले नेतृत्व लिएपश्चात् संगठनात्मक गतिविधिहरु तीव्र बनेका हुन् ।

वितरण व्यवसायमा विभिन्न किसिमका समस्याहरु व्यवसायीहरुले लामो समय देखि सामना गर्दै आएका छन् ।

उत्पादक र खुद्रा बिक्रेता बीच मध्यस्थताकर्ताको रुपमा काम गर्दै आएका वितरक व्यवसायीहरुले सामुहिक पहलबाट मात्र आफूहरुले भोग्दै आएका समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यताले एकीकृत हुने आवश्यकता महसुस गरेर विभिन्न जिल्लाका वितरक संघहरुको पहलमा महासंघको स्थापना गरेका हुन् ।

संस्था स्थापना पश्चात् लामो आरोहअवरोह व्यहोर्दै आएको यस संस्थाको भूमिका शुरुवाती दिनहरुमा खासै प्रभावकारी नदेखिएपनि संगठनको दायरा र सदस्यता बिस्तारसँगै पछिल्ला दिनहरुमा निकै उपलब्धिमूलक बन्दै गएको सदस्यहरु बताउँछन् ।

हाल सम्म आइपुग्दा महासंघले सबै प्रदेश र अधिकांश जिल्लाहरुमा आफ्नो संगठन बिस्तार गर्न सफल भएको छ ।

देशका विभिन्न भागमा व्यवसायीहरुले भोग्दै आएका समस्याहरुलाई महासंघ नेतृत्वले सहजीकरण गर्दै आएको महासंघका अध्यक्ष हरिराज पन्तले सेतोघर डट कमलाई बताए । उनले महासंघका गतिविधिहरुलाई अझ प्रभावकारी रुपमा गुणात्मक विकासमा गुणात्मक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।

महासंघ नेतृत्वले समय–समयमा व्यवसायीहरुलाई सचेतना जागरणमूलक गतिविधि, अन्तरक्रिया, प्रशिक्षण एवं क्षमता अभिवृद्धि, राज्यसँग नीतिगत परिमार्जनको लागि दवावमूलक गतिविधिहरु लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय महासंघले रुपन्देहीमा तारा प्रसाद भण्डारीको अध्यक्षमा बुटबल वितरक संघ र बद्रि प्रसाद आचार्यको नेतृत्वमा पूर्वी चितवन अधिकृत व्यवसायी संघ गठन गरेको छ ।

यसैगरी यही पौष ९ गते बर्दियाको टिका रिसोर्टमा भएको क्षेत्रीय भेलाले धनगढी, महेन्द्रनगर, सुर्खेत, बर्दिया, जुल्ला लगायत जिल्लाहरुमा वितरक संघ तदर्थ समिति गठन गरेसँगै महासंघको दायरा व्यापक रुपमा पश्चिमी क्षेत्रमा समेत बिस्तार भएको छ ।

पछिल्ला दिनहरुमा आफू वितरक महासंघको नेतृत्व विस्तार एवं जिल्लागत संघहरुबाट हुँदै आएका गतिविधिहरुको अध्ययन अवलोकनलाई लक्षित गरी देशका विभिन्न भेगमा भेटघाट अभियान तीव्र बनाएका अध्यक्ष पन्त बताउँछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।