बीमा अभिकर्ताको परिक्षा सम्बन्धी कार्यविधि जारी, अनलाईनबाटै परिक्षामा सहभागी हुने देखि परीक्षा रद्दसम्म नयाँ व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । बीमा प्राधिकरणले बीमा (अभिकर्ताको) परीक्षा संचालन सम्बन्धी निर्देशिका जारी गरेको छ ।

प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अभिकर्ता परीक्षालाई व्यवस्थित गर्न यस निर्देशिका जारी गरेको जनाएको छ ।

अभिकर्ताहरुले लाइसेन्स नवीकरणमा सास्ती भोग्दै आएका थिए । उनीहरुको सास्ती कम गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीको सुरुवात गरिएको प्राधिकरणको भनाई छ । नयाँ व्यवस्थाबाट अनलाइन प्रणालीमार्फत नै अभिकर्ताको लाइसेन्स पनि लिन सकिने छ ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार अभिकर्ताका लागि सहभागी हुनेले परीक्षा अवधिभर आफ्नो अनुहार देखाउनुपर्ने र बोल्दा आवाज प्रष्ट हुनुपर्ने छ। प्राधिकरणले परीक्षार्थीलाई आईडी र यूजर कोड उपलब्ध गराउने छ । उनीहरुले एक घण्टा ३० मिनेटसम्ममा ५० वटा प्रश्नको जवाफ लिखित रुपमा दिनुपर्नेछ ।

उक्त प्रश्नहरुको ५० प्रतिशत उत्तर मिलाउने परीक्षार्थीहरु मात्रै बीमा अभिकर्ता बन्न योग्य ठहरिने छन् । यस्तो अनलाइन परीक्षामा सहभागी हुनेले ईसेवा, फोनपे जस्ता डिजिटल भुक्तानी सेवामार्फत परीक्षाशुल्क तिर्न सकिने छ । परीक्षा शुल्क पाँच सय रुपियाँ राखिएको छ ।

परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेटको वैकल्पिक व्यवस्था ( ब्याकअप) परीक्षार्थी स्वयंले गर्नुपर्नेछ ।परीक्षालाई मर्यादित, अनुशासित तथा व्यवस्थित गर्नको लागि परीक्षा सम्बन्धी आचारसंहिता परीक्षा समितिले तोकिदिए बमोजिम हुनेछ ।उपदफा बमोजिमको आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजत पत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्नेछ । यसरी परीक्षा रद्द गरिनुको कारण बारे परीक्षार्थीलाई जानकारी गराउनु पर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।