गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन्। लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन्।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।