के तपाइँले नेपाली टोपी लगाएको फोटो फेसबुकमा राख्नुभयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाए पछि युवाहरुले राष्ट्रिय पोशाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेका छन् ।

नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई  टोपी दिवसका रूपमा मनाउने गरिएको छ।

नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

टोपी मात्र नभएर दौरा(सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

यस अबसरमा थुप्रै नेपाली ले नेपाली टोपी लगाएको फोटो फेसबुक मा राखेका छन ।

हेर्नुहोस केहि तस्विरहरु

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।