‘एमडीएमएस’ कार्यान्वन रोकिएपछि गोकुल बास्कोटाले भने – ‘मलको व्यवस्था गर,मोबाइलमा नअझिनु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।

सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएपछि अर्थमन्त्रीलाई प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

तर उक्त निर्देशनको विरुद्धमा एमाले नेता गोकुल बास्कोटाले असन्तुटि जनाएका छन् । प्रतिनिभिसभा सदस्यसमेत रहेका बास्कोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै किसानले बर्षौँ देखि मल नपाइरहेका अवस्थामा सोको प्रबन्ध गर्नका साटो सरकार मोवाइलमा अल्झिएको टिप्पणी गरेका हुन् ।

उनले एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गराउन खोजेको भन्दै कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था नगरेको तर्कपनि गरेका छन् ।

उनले स्टाटसमा भनेका छन्, ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भइसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ।’

अहिले किसानलाई मल चाहिएकाले सरल ढंगले पाउने प्रबन्ध पहिला गर्न आग्रह गरेका छन् ।

‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो । कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था गरेको छैन,’ उनले भनेका छन्, ‘त्यो सरकारको कुरा हो। मल चाहियो मल किसानलाई । त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।