आइएमएस ग्रुपकाे ‘किड्स एक्स्पो’ सम्पन्न, दुई हजार भन्दाबढीको सहभागिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमएस ग्रुपले गत शनिबार प्रस्तुत गरेको ‘किड्स एक्स्पो’ सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपालको सबैभन्दा पहिलो र ठूलो एक्स्पो बालबालिकाका लागि एक भव्य समारोह बनेको छ । एक्स्पोमा एक हजार ५०० बढी टिकट बिक्री हुनुका साथै दुई हजार ५०० भन्दा धेरैले सहभागिता जनाएका थिए । ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु विशाल भिजिटरसामु प्रदर्शन गरेको आयोजक पक्षले जनाएको छ ।

‘किड्स प्लेजोन’ र ‘फुड जोन’ ले एक्स्पोलाई थप आकर्षक बनाएको थियो । ‘नेपालको पहिलो ठूलो एक्स्पोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रुपमा सहभागी हुन दिनलाई हार्दिक धन्यवाद र बधाई सम्पूर्ण आयोजक टीमलाई लिन चाहन्छौं । आगामी वर्षको एक्स्पोमा पनि हामी अवश्य सहभागी हुनेछौं’, आइएमएसका अध्यक्ष डिकेश मल्होत्राले बताए ।

क्रिसमसलाई लक्षित गर्दै आयोजना गरिएको एक्स्पोमा बालबालिकाहरु एकदमै रमाएका थिए । यो वर्षको सफलतापछि आयोजक टीमले अर्को वर्ष अझै भव्य रुपमा एक्स्पो २०२३ लिएर आउने दाबा गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।