गण्डकीका सांसदले लिए ज्येष्ठ सदस्य बस्यालबाट शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । 

ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । 

५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका थिए । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएका छन । 

गोरखाका सांसद नन्द प्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथलिएका ठन । ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।