काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् ।
संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने बहादुरसिंह लामा २१ मल ल्याएका छन् ।
दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ।
Comment