दुई जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधरण सेयर (आईपीओ )निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले सानिमा मिडल तमोर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीलाई १ अर्ब ६ करोड ११ लाख २५ हजार रुपैयाको बराबरकाे आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले सानिमा मिडल तमोर हाइड्रोपावरलाई प्रतिकित्ता १०० का दरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँको ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

यस हाइड्रोपावरको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । त्यस्तै , मकर जितुमाया सुरी हाइड्रोपावरलाई १०० कित्ताको दरले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यस कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।