रविको पहिलो एक्सन- ‘भीआईपीका नियमविपरीत सुविधा र पीएसओ ४८ घण्टाभित्र फिर्ता गर्नू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र
सुरक्षाकर्मीले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको
भए ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई
निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको
सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा
लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता
गर्न निर्देशन दिएको हो ।

‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भइ हाल
कार्यायन्वयनमा रहेको छ। उक्त कार्यविधिमा तोकिएअनुसार बहालवाला तथा पूर्व
कर्मचारी/सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने
व्यवस्था रहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा
जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत
सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र
फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त
कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।’

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला
तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र
व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।