न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल बिक्रीमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस प्यारेन्टेरल्स्को पारासिटामोल   विक्री(वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै लोमस ले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो । 

लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित  पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो । 

सो ब्याचको औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । साथै बजारमा हाल रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैमा सूचित गरेको छ ।                                                                 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।