अनधिकृत संरचनाहरु हटाउन काठमाडौं महानगरलाई नेवारी समुदायको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । 

सांस्कृतिक सभ्यता बचाउनका लागि अनधिकृत संरचनाहरु हटाउन पत्रकार सम्मेलन नेवारी समुदायका विभिन्न १५ वटा गुठीले पूर्ण रुपमा समर्थन गरेका हुन् ।

पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोबास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसकाविरुद्ध भएको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंबासीको समर्थन रहेको बताए ।

उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कार्यमा स्वबासीहरुको पूर्ण समर्थन रहेको बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।