जाडोमा हरियो खुर्सानी खानुका फाइदै फाइदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरेक दिन भान्सामा खानेकुराको साथ धेरैले हरियो खुर्सानी प्रयोग गर्छन् ।

खानेकुरालाई चट्ट मिठो बनाउन मात्र नभएर खुसार्नीको अथाह फाइदा पनि छ । अझ जाडोमा हरियो खुर्सानीको सेवनले अत्यधिक फाइदा पुर्याउँछ भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ ।

हरियो खुर्सानी बिना स्वादिष्ट र मसालेदार खाना पकाउन गाह्रो छ। तर स्वादसँगै यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । हरियो खुर्सानीको सेवनले धेरै रोग निको हुन्छ । यसले तौल घटाउनेदेखि रक्तसञ्चारलाई तीव्र पार्ने काम गर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

हरियो खुर्सानीमा यी पोषक तत्त्व प्रशस्त मात्रामा पाइन्छ

हरियो खुर्सानीमा धेरै यस्ता तत्त्वहरू पाइन्छ, जुन स्वस्थ शरीरको लागि धेरै महत्त्वपूर्ण हुन्छ। यसमा भिटामिन ए, बी६, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट पाइन्छ। यसका अलावा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, ल्युटिन–जेक्सान्थिन जस्ता पौष्टिक तत्त्वहरू पनि पाइन्छ जुन स्वास्थ्यकर हुन्छ।

यस्ता छन् खुर्सानीका फाइदाहरु :

रक्तसञ्चार बढ्छ

विज्ञहरूका अनुसार हरियो खुर्सानीमा क्याप्साइसिन नामक कम्पाउन्ड पाइन्छ । खुर्सानी खाँदा रगत सफा हुन्छ र रगतको प्रवाह छिटो हुन्छ । यसका साथै अनुहारमा पिम्पलको समस्याबाट पनि राहत मिल्छ ।

पिनास र दमका बिरामीलाई फाइदा गर्छ

एक चम्चा ताजा खुर्सानीको रस निकालेर त्यसमा मह मिसाएर खाली पेटमा खाँदा दमका बिरामीलाई आराम मिल्छ । यस बाहेक हरियो खुर्सानी खाँदा गर्मी निस्कन्छ, दुखाई कम हुन्छ । यसमा क्याप्साइसिन पाइन्छ, जसले नाकमा रगत प्रवाहलाई सहज बनाउँछ। यसले चिसो र पिनासको समस्यामा आराम दिन्छ। चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक मानिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

हरियो खुर्सानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यदि तपाई पनि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन चाहनुहुन्छ भने दैनिक कम्तीमा एउटा हरियो खुर्सानीको सेवन गर्नुहोस् । हरियो खुर्सानीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई ब्याक्टेरियामुक्त राख्न मद्दत गर्छ। हरियो खुर्सानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

यसबाहेक हरियो खुर्सानीको प्रयोगले मुड पनि ठिक हुन्छ । यसले मस्तिष्कमा एन्डोर्फिनको सञ्चार गर्छ, जसका कारण हाम्रो मुड धेरै हदसम्म रमाइलो रहन्छ। यति मात्र होइन, आँखाको ज्योति बढाउन पनि हरियो खुर्सानीको सेवन गर्न सकिन्छ । किनभने यसमा भिटामिन ए पाइन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ। हरियो खुर्सानीको सेवनले तौल घटाउँछ । यसमा एन्टिअक्सिडेन्ट गुण प्रशस्त मात्रामा पाइन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।