‘चाहान्छु ३’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरोज पोखरेलको ‘चाहान्छु ३’ को म्युजिक भिडियोको फिमेल भर्सन  सार्वजनिक भएको छ । यसको फिमेल भर्सनमा गायिका  रचना रिमालले  स्वर दिएकी छिन् । गीत पोखरेलको यूवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने मनदिप रानाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बरुण अधिकारी र गुरास ढकालको अभिनय रहेको छ । गीतको छायांकनपक्ष उत्कृष्ट छ । निर्देशकले बरुण अधिकारी र गुरास ढकालको जोडीलाई आकर्षक तरिकाले फिचरिङ गरेका छन् ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।