काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको पुस ७ गते बसेको बैठकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
Comment