कोरोना संक्रमणको जोखिम बढेसँगै, अनिवार्य माक्स लगाउन मन्त्रालयको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ।

मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौं।’

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। ‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ। छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।