बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर । भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिक–९ तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सोमबार उनले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।