कांग्रेस संसदीय दलको मतदान शुरु, शेरबहादुर र गगन मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका  मतदान शुरु भएको छ ।  कडा सुरक्षकाबीच सिंहदरवारमा बिहान ८ बजदेखि मतदान शुरु भएको हो । १० बजेसम्म मतदान हुनेछ ।

सांसदहरु मतदान गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका छन्। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् ।

संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।