ट्विटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्वीटर गर्दै छिट्टै सीइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वीटरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । 

ट्वीटरमा ​गरिएको भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।