काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन।
निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उहाँ मंगलबार राति भर्ना भएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।
उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ।
नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।
उनको हिजो राति एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ। उनलाइ अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ।
सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए।
Comment