वाणिज्य बैंकको नाफा साढे २४ अर्ब, धेरै कमाउनेमा नबिल, एनआईसी र ग्लोबल आइएमई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकै महिनामा वाणिज्य बैंकको नाफा ३४ प्रतिशतले बढेको छ । असोजको तुलनामा कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिको तुलनामा कर्जा लगानी खुम्चिए पनि ब्याजदर बढ्दा बैंकहरूको नाफा बढेको हो ।

असोजमा बैंकहरुले १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकामा कात्तिकमा ३४ प्रतिशतले बढेर २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैंकले सो अवधिमा २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानामा रहेको एनआईसी एशियाले भने २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छ ।

तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले भने १ अर्ब ७५ करोड ४९ लाख ६० हजार बढी नाफा कमाएको छ ।

यस अवधिमा एनएमबी, नेपाल इन्भेष्टमेन्ट, कुमारी, एभरेष्ट, प्राइम र स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब बढी नाफा कमाएका छन् ।

नेपाल बैंकको नाफा ९५ करोड ९४ लाख २० हजार, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख २० हजार, हिमालयन बैंकले ८३ करोड ५१ लाख ७० हजार, नेपाल एसबिआई बैंकले ८२ करोड ७८ लाख, बैंक अफ काठमाण्डूले ४५ करोड ३२ लाख, एनसीसी बैंकले ७२ करोड ६७ लाख नाफा गरेका छन् ।

माछापुच्छ्रे बैंकले ५९ करोड ५८ लाख ८० हजार, लक्ष्मी बैंकले ६५ करोड ६८ लाख १० हजार, सिद्धार्थ बैंकले ६७ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा गरेका छन् ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकको देखिएको छ । बैंकले सो अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।

चरम तरलता अभावका कारण बैंकहरूले चालु आवमा माग अनुसार कर्जा लगानी गर्न सकेका छैनन् । यद्यपि, मंसिर यता तरलता केही सहज भए पनि महँगो ब्याजका कारण कर्जाको माग छैन ।

१ वर्षको अवधिमा बैंकहरूको ब्याजदर झन्डै दोब्बरले बढेको छ । गत कात्तिकमा औसतमा ७/८ प्रतिशत रहेको बैंकको बेसरेट अहिले दोहोरो अंकमा पुगेको छ भने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । बैंकहरूको व्यवसाय नबढे पनि ब्याजदर बढ्दा नाफामा बढोत्तरी आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।