एनएमबि बैंकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्ज बीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसारे लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउन सकिने छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

अत्याधुनिक बैंकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस्

भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि

थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनबी भीजा र्काड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।