महुली लघुवित्तले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मंगलबार यी दुइ संस्थाबीच यस सम्बन्धमा सहमती भएको महुली लघुवित्तले जानकारी दिएको छ ।

सम्झौतामा महुली लघुवित्तकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लघुवित्तले चार लाख १६ हजार एक सय ४७ कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपिओ) जारी गर्नका लागि सो कम्पनीलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ ।

सन्राइज क्यापिटल लिमिटेडको प्रधान कार्यलय काठमाडौंको कमलपोखरीमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।