उपत्यकामा विशेष चेकिङ: २७० जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन्। जसमा सवारी चालक अनुमति पत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरबाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ।

जाँचकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरिएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गराउन जाँच गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।