ज्योती लाइफ इन्स्योरेन्सका सीईओको तलब, भत्ता ८३ लाख बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ८३ लाख ३७ हजार ६२५ रुपैयाँ तलब भत्ता दिएको छ ।

बीमा कम्पनीले सीईओ प्रकाश बिक्रम खत्रीलाई आर्थिक वर्ष २०७७र०७८ मा उक्त रकम तलब भत्ता बापत भुक्तानी गरेको हो । उक्त आवको नाफाबाट कम्पनीले सेयरधनीलाई भने कुनै लाभांश दिएको छैन ।

उक्त आवमा कम्पनीका अन्य मुख्य पदाधिकारीले ९१ लाख ७३ हजार ५५ रुपैयाँ तलब भत्ता लिएका छन् । उक्त आवमा कम्पनीले सञ्चालकलाई वैठक लगायत अन्य समितिहरुको बैठक भत्ता वापत २० लाख १६ हजार तथा भ्रमण भत्ता सुविधा वापत ५ लाख ७८ हजार ३०० रुपैयाँ उपलब्ध गराएको छ ।

कम्पनीले सञ्चालक समितिलाई मात्रै बैठक भत्ता बापत १० लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको छ । सञ्चालक समितिको बैठकमा अध्यक्षले १२ हजार र अन्य सञ्चालकले १० हजार भत्ता लिने गरेका छन् । उक्त आवका कम्पनीले सञ्चालक समितिको २२ वटा बैठक बोलाएको थियो ।

उक्त आवमा कम्पनीले सेयरधनीलाई लाभांश नदिएर सेयरधनीको हात खाली बनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।