काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल निर्विरोध चयन भएका छन ।
सोमबार बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो । उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन् ।
यसअघि सोमबार आयोजित नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले चुनावी मतपरिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको बताए ।
प्रतिनिधि सभामा १० र प्रदेश सभा १४ सांसद निर्वाचित भएको भन्दै नेपालले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले वामपन्थीको सरकार नबन्ने दाबी समेत गरेका हुन ।
पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालले अहिले वामपन्थी सरकार सम्भव नरहेको धारणा राखेका हुन । तर वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने उनको भनाइ थियो । त्यसैले पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने उहाँले बताए।
Comment