पासपाेर्ट आवेदनका लागि अब ‘अपोइन्टमेन्ट डेट’को बुकिङ दिउँसो साढे ३ बजे खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पासपोर्ट आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’को बुकिङ अब दिउँसो साढे ३ बजे  खुल्ने भएको छ । राहदानी विभागले सोमबार सूचना निकालेर पुस ५ गतेदेखि दिउँसो साढे ३ बजे  ‘अपोइन्टमेन्ट डेट’को बुकिङ खुल्ने जानाकारी दिएको हो ।

 विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको  सूचनामा उल्लेख गरिएको छ ।

यसअघि विभागले साउन १७ गतेदेखि दैनिक विहान ११ बजे अपोइन्ट डेटका लागि बुकिङ खोल्ने गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।