चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको बताएका छन्। सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले गठबन्धन गर्दा आलोपालो सरकार चलाउने माैखिक सहमती भएकाे बताए । कुनै लिखित सम्भाैता भने नभएकाे उनले स्पष्ट पारे । प्रचण्डका अनुसार उनीहरूबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे माैखिक रूपमा सहमती भएकाे थियाे ।
यस्तै उनले गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने बताए ।
पछिल्लाे समय गठबन्धनबीच खटपट भएकाे चर्चा चल्न थालेकाे छ । प्रचण्डले एमालेसँग मिलेर अर्काे समिकरणा बनाउँन लागेकाे कांग्रेसकाे आरोप छ । त्यसैगरी, विदेशी शक्तिकाे इसारामा कांग्रेसले माओवादीलाइ पन्छाएर छुट्टै गठबन्धन बनाएर सरकार चलाउन लागेकाे माओवादी नेताहरूले भन्ने गरेका छन् ।
यसका साथै कांग्रेसका सभापति शेरबहादुर देउवा भने गैरबाम सरकारकाे गृहकार्यमा लागेकाे माओवादीका नेताहरूले आरोप लगाएका छन् ।
Comment