गरिमा विकास बैंकले शुरु गर्‍यो आईपीओ अकाउन्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पु(याउने उद्देश्यले ‘फरिगन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’को सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन ९आईपीओ० जारी गर्ने संस्थाले १०५ शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था छ ।

सोही अनुसार वैदेशिक रोजगारीमा रहेकालाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि विकास बैंकले यो खाता संचालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न सक्नेछन् ।

जसबाट खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।