कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ। बैंकले यही पुस १ गतेबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो जनाएको छ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ। बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ। साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम पीओएस जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।