संघीय सरकारसहित सातै प्रदेशमा नेतृत्वका लागि दाबी गर्ने काँग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो ।

कांग्रेस  कार्यसम्पादन समितिले सरकार गठनको विकल्प के के हुनसक्छ भनेर सहयात्री दलहरूसँग छलफल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको छ । सरकार बनाउन प्रदेश समितिहरूले दलहरूसँग छलफल गरेर अघि बढ्ने महतले बताए । प्रदेश समितिले दिएको रायका आधारमा सात प्रदेशका सरकारका विषयमा केन्द्रले निर्णय गर्ने उनले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।