सरकार गठन एमालेको प्राथमितामा पर्दैन : सचिव बिष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमाले तत्काल सरकारमा सामेल नहुने बताएका छन । 

बुटवलमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको बताए । 

‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन,’ बिष्टले भने, ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं।’

गुल्मीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएको जिकिर गरे । सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा एमाले नरहेको सचिव बिष्टले स्पष्ट समेत परे । उनले यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने बताए । 

एमालेको भूमिका  कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको उनको भनाइ थियो । 

वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।