प्रतिनिधि सभाको समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। 

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन। 

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन्। 

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, नेकपा माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।