अनेरास्ववियुका नेता अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका-७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो। उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो।

घटना भएको एक महिना बित्दासमेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिबार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।

यातायात बन्दपछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।