नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुन ६ सय रुपैयाँले बढेको हो। यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ।

सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो। 

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ। अस्ति शुक्रबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।