गठबन्धनकै नेतृत्वमा नयाँ सरकार, गृहकार्य शुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन।

नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।

कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।

पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।