काठमाडौं । घरबिदामा गएका एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।
काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ निवासी ३० वर्षीय साह घाइते भएका छन्। उनको दाहिने हातको पाखुरामा गोली लागेको छ।
चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला विवाद हुँदा गोली हानिएको खुलेको छ। गोली हानिएपछि दुई जना फरार छन् भने रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ।
अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार साहले दिएको ऋण फिर्ताको विषयमा विवाद हुँदा उनीमाथि गोली हानिएको हो।
Comment