अन्तरधार्मिक शान्ति महासंघ नेपालको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अन्तरधार्मिक शान्ति महासंघ नेपालले सरोकारवालाहरूबीच सामाजिक लेखा परिक्षणको सवालमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंमा आज विभिन्न धर्मका धर्मगुरुहरू र सरकारका प्रतिनिधिबीच महासंघले अन्तर्क्रिया गरेको हो।

अन्तर्क्रिया कार्यक्रमलाइ सम्बोधन गदै महासंघका अध्यक्ष रामभक्त कुरुङवाङले धर्महरु विच सदभाव सहिषुणता आवश्यक रहेको वताए। 

उनले शान्ति सबैको आवश्यकता रहेको पनि जिकिर गरे । उनले भने ‘ यो मुलुकले समृद्धि हाासिल गर्नको लागि दिगो शान्ति आवश्यकता राज्यले महसुस गरेको छ, त्यो पुरा गर्नको लागि धार्मिक क्षेत्रकै पहलमा मात्र यो सम्भव रहेको  बताए ।’ 

कार्यक्रममा बैद्धिक कर्मकाण्ड महासंघका बरिष्ठ उपाध्यक्ष गुरु रामचन्द्र भण्डारी,इसाइ नेपाल ख्रिष्टियन समाजका अध्यक्ष पाष्टर प्रकाश सुव्वा,बौद्ध धर्मका भिक्षु सिल रतन,इस्लाम धर्मका सिमा खान,किराँत धर्मका दंगधोज खोयङ लगायतका धर्मगुरुहरुले संयुक्त प्रार्थना गरेका थिए । 

कार्यक्रममा सामाजिक लेखा परिक्षणको परिचय,महत्व,औचित्य तथा आचार संहिता बारे गोबिन्द राज पौड्यालले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नेपाल मानव अधिकार आयोगका सचिप मुरारी प्रसाद खरेल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अधिकृत राम प्रसाद वली,संस्कृत पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका संस्कृतिक महाशाखाका शाखा अधिकृत बाबुराम खनाल, सञ्जय शाहीका इन्टरनेशनल संयोजक प्रोफेशर लाल कुमारी गुरुङ,नेपाल गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।