सिन्धुलीको मरिणमा १२ कक्षासम्म निशुल्क शिक्षा, विपन्न विद्यार्थीको उच्च शिक्षा सपना पूरा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने व्यवस्था गरिएको हो ।  निःशुल्क शिक्षाका लागि पालिकाले विद्यालयलाई वार्षिक अनुदान दिनेछ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालका अनुसार कक्षा ९ मा अध्ययनरत प्रतिविद्यार्थीलाई दुई हजार चार सय, कक्षा १० मा अध्ययनरतलाई तीन हजार रुपियाँ, कक्षा ११ मा अध्ययनरतलाई पाँच हजार र कक्षा १२ मा अध्ययनरतलाई चार हजार पाँच सय रुपियाँका दरले पालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए ।

उनले भने, “त्यसका लागि विद्यार्थीको हाजिर ७५ प्रतिशत पुगेको हुनुपर्छ । हाजिर ७५ प्रतिशत पुगेन भने अभिभावकले नै उक्त शुल्क तिर्नुपर्छ । विद्यार्थी भर्ना गर्ने बेलामै अभिभावक बोलाएर सचेत गराइएको हुन्छ ।”

विद्यार्थीको हाजिरसहितको रेकर्ड विद्यालयलाई चार÷चार महिनामा पठाउने र सोही आधारमा गाउँपालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।