कर्मचारी घटाउँदै बिओके बैंक : अवकाशमा जान चाहाने कर्मचारीलाई २७ महिनासम्मको तलब बोनस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको बैंक अफ काठमाण्डू (बिओके)ले कर्मचारीहरुलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ ।

बैंकले आगामी साताको मंगलबारसम्म स्वेच्छिक अवकासका लागि कर्मचारीहरुलाई आह्वान गरेको छ । स्वेच्छिक अवकास योजनामा ४० वर्षमाथिका कर्मचारी मात्रै सहभागी हुन पाउने छन् ।

बैंकले स्वेच्छिक अवकास रोज्ने कर्मचारीलाई एकमुष्ठ २७ महिनासम्मको तलब दिएर बिदा गर्न योजना ल्याएको हो । बैंकले एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीलाई सिनियर म्यानेजरदेखि माथीका कर्मचारीभन्दा १ महिनाको बढी तलब दिने गरी स्वेच्छिक अवकास योजना सार्वजनिक गरको छ । हाल अफिसर र असिस्टेन्ट तहका कर्मचारीलाई स्वेच्छिक अवकास योजना ल्याइएको छैन ।

बैंकका २५ वर्ष वा सो भन्दा बढी काम गरेका एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकास रोज्दा एक मुष्ट २७ महिनामा तलब पाउने भएका छन् । २५ वर्ष वा सो भन्दा बढी काम गरेका सिनियर म्यानेजरदेखि माथिका कर्मचारीले भने एकमुष्ट २६ महिनाको तलब पाउने छन् । २० देखि २५ वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीलाई २५ महिनाको तलब दिने योजना बैंक अफ काठमाण्डूले सार्वजनिक गरेको छ । स्रोतका अनुसार बैंक अफ काठमाडौंमा २० देखि २५ वर्ष काम गर्ने कर्मचारीको संख्या निकै ठूलो छ । २० देखि २५ वर्ष काम गरेका सिनियर म्यानेजरदेखि माथिका कर्मचारीले भने २४ महिनाको तलब पाउने छ ।

बैंकमा ५ वर्षसम्म काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा ११ महिनाको तलब पाउने छ । यस्तै, ५ वर्षसम्म काम गरेका सिनियर म्यानेजरदेखि माथीका कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा १० महिनाको तलब पाउने छ । ५ देखि १० वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा १६ महिनाको तलब दिने योजना बनाएको बैंक अफ काठमाडौंले सिनियर म्यानेजरदेखि माथिका कर्मचारीलाई भने १५ महिनाको तलब दिने छ ।

१० देखि १५ वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा २१ महिनाको तलब पाउँदा सिनियर म्यानेजरदेखि माथीका कर्मचारीलाई भने २० महिना पाउने छन् । त्यसैगरी १५ देखि २० वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा २३ महिनाको तलब दिने बैंक अफ काठमाण्डूले सिनियर म्यानेजरदेखि माथिका कर्मचारीलाई भने २२ महिनाको तलब दिने छ ।

स्वेच्छिक अवकाश योजनामा सहभागी भएर सेवानिवृत्त हुने कर्मचारीले बैंकबाट ऋण लिएको भए ऋण अवधी समाप्त नहुँदासम्म बेस रेटमै ऋण दिने योजना बैंकले ल्याएको छ । ग्लोबल आएमइ बैंकसँग मर्जरपछि कर्मचारीको संख्या आवश्यकताभन्दा धेरै हुने भएकाले बैंक अफ काठमाडौंले स्वेच्छिक अवकाशको योजना सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको योजनाबाट अधिकांश कर्मचारी भने सन्तुष्ट देखिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।