समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।

यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजारसम्म छुट दिने भएको छ। सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गरेका छन्।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजार छुट हुने संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।