जनकपुर रोयल्सको मुख्य प्रशिक्षकमा उमेश पटवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक उमेश पटवाललाई जनकपुर रोयल्सले आगामी टी २० लिगका लागि मुख्य प्रशिक्षक बनाउने भएको छ।

आगामी पुस ८ गतेबाट काठमाडौंमा सुरु हुने प्रतियागिताको लागि जनकपुरले पटवाललाई मुख्य प्रशिक्षक बनाएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो।

‘नेपाली क्रिकेट टिममा पहिला पनि काम गरिरहेको हिसाबले उनी नेपाली क्रिकेटबारे जानकार छन्,’ फ्रेन्चाइज क्लबले भनेको छ, ‘भारत, अफगानिस्तान र युएईमा प्रशिक्षण गरिसकेका उनी अनुभवका धनी छन्।’

जनकपुरले आफूलाई प्रशिक्षकमा नियुक्त गरेपछि पटवालाले नेपाल फर्कनको लागि उत्साही रहेको बताएका छन्। ‘रोयल्ससँग काम गर्न पाउँदा म खुसी छु। म चिनजानका केही खेलाडी र नयाँ युवा खेलाडीसँग काम गर्नका लागि उत्साही छु,’ मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पटवालाले क्लबसँग भनेका छन्।

यता क्लबका मालिक गोविन्द खान्डेलवालले उनको प्रशिक्षणमा जनकपुरले सफल यात्रा गर्ने विश्वास लिएको बताएका छन्।

जनकपुरको टिममा मार्की खेलाडी सोमपाल कामी रहेका छन्। त्यस्तै बी क्याटोगोरीको खेलाडीमा सन्दिप जोरा, मोहम्मद आदिल आलम, दिलिप नाथ, ललित राजवंशी रहेका छन्। त्यस्तै सुसन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी सी श्रेणीका खेलाडी हुन्। अब रोयल्सले २४ डिसेम्बरमा पोखरासँग खेल्दै सिजनको सुरुआत गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।