बैंक/वित्तीय संस्थाका संस्थापक र सीइओको योग्यतासम्बन्धी नयाँ व्यवस्था, कस्तो अवस्थामा बन्न पाइँदैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बैंक तथा वित्तीय संस्था, लघुवित्त कम्पनी तथा पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनका लागि प्रहरी प्रतिवेदन आवश्यक हुने भएको छ।

नेपाल राष्ट्र बैंकले विहिबार बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गरी सिइओमा अपराधिक पृष्ठभूमि नदेखिएको मानिस मात्र नियुक्त गर्नुपर्ने निर्देशन दिएको हो। 

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार कुनैपनि चोरी, ठगी, भ्रष्टाचार वा फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र सिइओ हुन सक्नेछन्। आपराधिक पृष्ठभूमिको भएपनि उसले सजाय पाएको पाँच वर्ष कटेको छैन भने उसले पनि सिइओ हुन पाउँदैन। 

नेपाल राष्ट्र बैंकका अनुसार सिइओको लागि प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि नभएको वा भएपनि सजाय भुक्तान गरेको पाँच वर्ष पूरा भएको हुनुपर्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।