नाफिजको अध्यक्षमा पुनः ढकाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको बुधबार सम्पन्न छैटौँ महासभाबाट ढकाल दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । ढकाल द राइजिङ नेपाल दैनिकमा आवद्ध पत्रकार हुन् ।

समितिको उपाध्यक्षमा हाम्रो अर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका सम्पादक परमेश्वर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, अनलाइन खबरका नवीन ढुंगाना महासचिवमा, नेपाल खबरका दीपक भट्ट सचिवमा र सिंहदरबार डटकमकी उप-सम्पादक दिलु कार्की कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा रातोपाटी डटकमका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, नेपालप्रेसका राजाराम न्यौपाने र सेतोपाटी डटकमकी सविना कार्की निर्वाचित भएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।